गृहपृष्ठ Featured सिद्धार्थ सामाजिक विकास केन्द्रको बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सिद्धार्थ सामाजिक विकास केन्द्रको बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शुक्रबार बाणगंगा नगरपालिका- ४ ठाकुरापुरस्थित पिस हिमालयन रिसोर्टमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक क्षेत्रमा रहेका कामहरुको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरेका छन् । उनले सामाजिक रुपान्तरण आवश्यक रहेको बताए ।

समाजका हरेक वर्गको जीवनस्तर माथि उकास्न सिद्धार्थले खेलेको भूमिका उदाहरणीय रहेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद अधिकारीले किशोरकिशोरी तथा महिलाको सशक्तिकरणको क्षेत्रमा विभिन्न परियोजना संचालन गरि त्यसले सकारात्मक परिणाम दिएको बताए ।

बाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीले बाणगंगा नगरपालिका बर्षौदेखि हातेमालो गर्दै अघि बढेको स्मरण गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताईन् । शिक्षा, स्वास्थ्यबाट बञ्चित समुदाय, वर्गलाई त्यसको पहँुचमा ल्याउन आवश्यक रहेको बताउँदै उनले परिवर्तनशील समाजलाई सही दिशातर्फ उन्मुख गराउन सिद्धार्थ सामाजिक विकास केन्द्रले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताईन् ।

सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सुर्यकुमारी शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सचिव दुर्गा अर्यालले संस्थागत उद्देश्य, मुल्यमान्यता, कार्यगत अवधारणा, कार्य संचालन प्रक्रिया, कार्य क्षेत्र लगायतका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा गैर सरकारी संस्था कपिलवस्तुका निवर्तमान अध्यक्ष प्रविणकुमार श्रवास्तवले प्रस्तुतिकरण राखेका थिए ।

सम्बन्धित् समाचार