गृहपृष्ठ Featured बुद्धभूमि महोत्सव : शनिवार पशुपति शर्मा र भुमिका गिरीको प्रस्तुति रहने

बुद्धभूमि महोत्सव : शनिवार पशुपति शर्मा र भुमिका गिरीको प्रस्तुति रहने

प्रकाशित मिति:

कपिलवस्तु ।

बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिवार लोक तथा दोहोरी गायक  पशुपति शर्मा र गायिका भुमिका गिरीको प्रस्तुति रहने भएको छ ।

गोरुसिङ्गेमा जारी महोत्सवमा शनिवार स्थानिय कलाकार, डान्स आईडलको प्रस्तुति रहने सचिवालय संयोजक हरी शर्माले जानकारी दिएका छन् ।

महोत्सवमा शुक्रवार लोक तथा दोहोरी गायक रामजी खाँण, दोहोरी गायिका बिष्णु श्रीपालि र भोजपुरि गायक प्रमोद जख्मिको प्रस्तुति दिएका थिए ।

महोत्सवमा थारु खाना, मगर खाना, स्थानिय हस्तकलाका सामाग्रि, स्थानिय उत्पादन, दर्शकको रोजाईमा रहेको महोत्सवको आयोजक होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका सचिव धुर्व भुसालले बताए ।

सम्बन्धित् समाचार