गुलरिया ।
बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीहरूको पूजा गरिएको छ।
बर्दियामा पाइने एशियाकै ठूलो हात्ती राजागज हराएको स्मरणमा हात्तीसारको चउरमा बनाइएको खमारी (हात्ती बाध्ने खम्बा) स्थलमा विविध कार्यक्रमसहित हात्ती पूजा गरिएको हो ।
परम्परागत दसैंका अवसरमा हात्तीबाट सुँगुर कुल्चाउने परम्परा अन्त्य गर्दै हात्ती पूजा आयोजना गरिएको हात्ती पूजा आयोजक चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए।
‘हिन्दु धार्मिक मान्यताअनुसार हात्तीलाई गणेश भगवानको प्रतिकका रूपमा मानिने भएकाले मंगलबार पारेर पूजा कार्यक्रम राखेका हौं’, उनले भने, ‘पूजाका माध्यमबाट हात्ती मानवबीच आत्मीयता बढाउँदै दिगो संरक्षणमा टेवा पुग्ने हाम्रो बिस्वास छ।








