गृहपृष्ठ Featured शिक्षा र स्वास्थ्य क्षेत्रको बिकास पहिलो प्राथमिकता ः प्रमुख शाह

शिक्षा र स्वास्थ्य क्षेत्रको बिकास पहिलो प्राथमिकता ः प्रमुख शाह

वैखरी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले आफले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताएका छन । वैखरी अनलाइनसगंको कुराकानीमा उनले शिक्षा र स्वास्थ्य क्षत्रको बिकास आफनो पहिलो प्राथमिकतामा राखेर काम गरेको बताएका हुन ।

शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासबिना कुनैपनि क्षेत्रमा सफल हुन नसक्ने उनको भनाइ छ । आफुले नगरको नेतृत्व गरेपछि सामुदायिक बिद्यालयको गुणस्तरीयतामा बृद्धि समेत भएको उनले बताए ।

 

जसका कारण सामुदायिक बिद्यालयमा बिद्यार्थीको संख्या पनि बढेको उनले दावि गरेका छन । साथै नगरमा क्याम्पस स्थापनाका लागी आफुले पहल गरी रहेको र यही कार्यकालमा जसरी नगरभित्र क्याम्पस सञ्चालनमा आउने उनले दावि गरेका छन ।

 

त्यस्तै स्वास्थ्य क्षेत्रको बिकासका लागी निरन्तर लागेको र नगरभित्रका स्वास्थ्य केन्द्रको बिकासका लागी थप रणनितिका साथ काम गरी रहेको नगर प्रमुख रजत प्रताप शाहको भनाई छ ।

सम्बन्धित् समाचार