गृहपृष्ठ Featured लुम्बिनीमा जसपाको तीन दिने प्रशिक्षण सम्पन्न

लुम्बिनीमा जसपाको तीन दिने प्रशिक्षण सम्पन्न

प्रकाशित मिति:

रूपन्देही ।

जनता समाजवादी पार्टी (जसपा), नेपालको लुम्बिनी प्रदेशस्तरीय तीनदिने राजनीतिक तथा वैचारिक प्रशिक्षण सकिएको छ । प्रदेश समितिको आयोजनामा रुपन्देहीको लुम्बिनीमा मंसिर १९ देखि २२ गतेसम्म उक्त प्रशिक्षण भएको हो ।

जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवका अनुसार प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ, रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादव, राजनीतिक समिति सदस्य डा. पुष्पराज राजकर्णिकार, अर्जुन थापा र मनिकर कार्कीले प्रशिक्षण दिएका थिए ।

प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति, संघीय परिषद सदस्य, प्रदेश समिति सदस्य, १२ वटै जिल्लाका पदाधिकारी, स्थानीय तहका प्रमुखहरु गरी १२५ जनाको उपस्थिति रहेको थियो ।

पार्टीका नेता कार्यकर्तालाई राजनीतिक तथा वैचारिक रुपमा प्रशिक्षित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, जनआन्दोलन, मधेश, थरुहट लगायत विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नु प्रशिक्षण कार्यक्रमको उद्देश्य भएको प्रदेश अध्यक्ष यादवले बताए ।

सम्बन्धित् समाचार