बाणगंगा, वैखरी अनलाईन ।
१४ औं कपिलवस्तु महोत्सवको तेस्रो दिन शनिबार चर्चित लोक दाहोरी गायक रामजी खाँणसहितका कलाकारको बेजोड प्रस्तुति रहने भएको छ ।
शनिबार उनीसंगै चर्चित लोक दोहोरी गायक अस्मिता डल्लाकोटी, गायिका अनु चौधरी, नेपाल आईडलका टप १२ प्रतियोगी अफ्सर अलीसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका संयोजक राजकुमार खाँणले बताए ।
शुक्रबार लोकदोहोरी गायक प्रिन्स लम्साल, रमेश निर्दोश र लोक दोहोरी गायिका संगिता चितौरेले आफ्नो प्रस्तुति राखेका थिए ।
बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म चल्ने छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भईरहेको छ ।








