बाणगंगा, वैखरी अनलाईन ।
१४ औं कपिलवस्तु महोत्सवको चौथो दिन भोलि आईतबार चर्चित गायिका अस्मिता अधिकारीसहितका कलाकारको बेजोड प्रस्तुति रहने भएको छ ।
आईतबार उनीसंगै चर्चित लोक दोहोरी गायक श्याम राना, हास्य तथा लोकदोहोरि गायक उज्वल अधिकारी लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा क्षेत्री ‘दिनेश’ ले जानकारी दिए ।
शनिबार चर्चित लोक दोहोरी गायक रामजी खाँण, गायिका अस्मिता डल्लाकोटी, गायिका अनु चौधरी, गायक अफ्सर अली लगायत स्थानिय कलाकारहरुले प्रस्तुति दिएका थिए ।
बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म चल्ने छ ।
महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भईरहेको छ ।








