गृहपृष्ठ Featured १२ औं कपिलवस्तु डान्स आईडल : २ प्रतिस्पर्धी बाहिरिए

१२ औं कपिलवस्तु डान्स आईडल : २ प्रतिस्पर्धी बाहिरिए

बाणगंगा, वैखरी अनलाईन ।

१४ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १२ औं कपिलवस्तु डान्स आईडलबाट आईतबार २ जना प्रतिस्पर्धी बाहिरिएका छन् । १३ जना प्रतिस्पर्धी मध्ये अल्का नेपाली र अन्जु परियार बाहिरिएका डान्स आईडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार भोटिङ्ग र निर्णायकको मूल्याङ्कनको आधारमा उनीहरु बाहिरिएका हुन् । उनले ‘हाम्रोलाई भन्दा राम्रोलाई’ भोटिङ्ग गर्न समेत आग्रह गरेका छन् । सोमबार ११ जना प्रतिस्पर्धीले आआफ्नो प्रस्तुति राख्ने उनले बताए ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म चल्ने छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भईरहेको छ ।

सम्बन्धित् समाचार