गृहपृष्ठ Featured दिन प्रतिदिन तात्दै छ कपिलवस्तु महोत्सवको माहोल

दिन प्रतिदिन तात्दै छ कपिलवस्तु महोत्सवको माहोल

बाणगंगा, वैखरी अनलाईन ।

१४ औँ कपिलवस्तु महोत्सवको पाचौ दिन अर्थात सोमबार ४ हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सवका संयोजक तथा बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणले ४ हजार बढीले मेला अवलोकन गरेको बताउँदै करिब १० लाख बढीको आर्थिक कारोबार भएको जानकारी दिए ।

उनले हरेक दिन दर्शकको उत्साहजनक उपस्थिति देखिएको भन्दै खुशी व्यक्त गरे ।

सोमबार चर्चित गायक खेम सेञ्चुरी, बालचन्द्र बराल, कोपिला न्यौपाने लगायतका कलाकारहरुको प्रस्तुति रहेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताए ।

उनले भोलि मंगलबार चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियार, चर्चित आधुनिक गायिका रचना रिमाल, लोक गायक अलिफ खान, लोकदोहोरी गायक नारायण विपी परियार लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने जानकारी दिए ।

सम्बन्धित् समाचार