गृहपृष्ठ Featured नाइजेरियाका भिक्टोर ओसिमहेन बने ‘अफ्रिकन फुटबलर अफ दि इअर’

नाइजेरियाका भिक्टोर ओसिमहेन बने ‘अफ्रिकन फुटबलर अफ दि इअर’

काठमाडौं ।

नाइजेरियाका भिक्टोर ओसिमहेनले अफ्रिकन फुटबलर अफ दि इअर २०२३ को अवार्ड जितेका छन् ।

नापोलीबाट खेल्ने ओसिमहेनले इजिप्टका मोहमद सालाह र मोरक्कोका अच्रफ हाकिमीलाई पार्दै अवार्ड जितेका हुन् । मोरक्कोको माराकेशमा भएको कन्फेडेरेसन अफ अफ्रिकन फुटबल अवार्ड समारोहमा उनलाई अवार्ड प्रदान गरियो ।

ओसिमहेन सन् १९९९ मा एनान्नक्वो कानुपछि अफ्रिकन प्लेअर अवार्ड जित्ने पहिलो नाइजेरियन खेलाडी समेत बने ।

२४ वर्षीय ओसिमहेनले गत सिजन नापोलीलाई ३३ वर्षपछि सिरी ए उपाधि दिलाउने क्रममा ३२ खेलमा २६ गोल गरेका थिए ।

यस्तै महिलातर्फ नाइजेरियाकै असिसात ओशोएलाले अवार्ड जितिन् ।

कन्फ्रेडेरेसन अफ अफ्रिकन फुटबलको प्राविधिक समिति र अफ्रिकन मडिया अनी मुख्य प्रशिक्षक र कप्तानले गरेको भोटका आधारमा विजेता चयन गरिएको हो ।

सम्बन्धित् समाचार