बाणगंगा, वैखरी अनलाईन ।
१४ औँ कपिलवस्तु महोत्सवको छैठौ दिन मंगलबार ७ हजार बढी दर्शकहरुले अवलोकन गरेका छन् । महोत्सवका संयोजक तथा बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणले महोत्सवमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको भन्दै खुशी व्यक्त गरे । उनले दिन प्रतिदिन दर्शकहरुको चाप थप बढ्दै गएको बताए ।
महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले मंगलबार करिब २० लाख बढीको आर्थिक कारोबार भएको बताए । रोकाहाले महोत्सवमा दर्शकहरुको न्यानो माया र साथ थप पाउँदै गएको बताए ।
मंगलबार चर्चित गायिका शान्तिश्री परियार, रचना रिमाल, अलिफ खान, नारायण विपी परियार लगायतको बेजोड प्रस्तुतीसँगै बुद्ध रंगशाला तातेसँगै दर्शकहरु झुमेका थिए ।
महोत्सवमा १२ औं कपिलवस्तु डान्स आइडलको समेत बेजोड प्रस्तुती रहेको र समयरा चौधरी बाहिरिएको १२ औं कपिलवस्तु डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।








