गृहपृष्ठ Featured १४ औँ कपिलवस्तु महोत्सव : आज प्रमोद खरेलसहितका यी कलाकार आउँदै

१४ औँ कपिलवस्तु महोत्सव : आज प्रमोद खरेलसहितका यी कलाकार आउँदै

बाणगंगा, वैखरी अनलाईन ।

१४ औँ कपिलवस्तु महोत्सवको सातौं दिन अर्थात आज बुधबार चर्चित आधुनिक गायक प्रमोद खरेलसहितका कलाकार आउँदै छन् ।

बुधबार खरेलसंगै गायक राजु गुरुङ, सपना गाहा, दीपक दर्लामी तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले महोत्सवको आकर्षक १२ औं कपिलवस्तु डान्स आइडलका टप ८ प्रतियोगीहरुको समेत बेजोड प्रस्तुति रहने बताए ।

मंगलबार चर्चित लोक दोहोरी गायिका शान्तिश्री परियार, गायिका रचना रिमाल, अलिफल खान, नारायण विपी परियार लगायत स्थानिय कलाकारहरुले प्रस्तुति दिएका थिए ।

बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म चल्ने छ ।

महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भईरहेको छ ।

सम्बन्धित् समाचार