गृहपृष्ठ Featured १२औं कपिलवस्तु डान्स आईडल : रमेश थारु बाहिरिए

१२औं कपिलवस्तु डान्स आईडल : रमेश थारु बाहिरिए

बाणगंगा, वैखरी अनलाईन ।

१४ औं कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १२ औं कपिलवस्तु डान्स आईडलबाट बुधबार एक जना प्रतिस्पर्धी बाहिरिएका छन् ।

८ जना प्रतिस्पर्धी मध्ये बुधबार रमेश थारु बाहिरिएको डान्स आईडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।

बुधबार ८ जना प्रतियोगीहरुले प्रस्तुति दिएको र तिमध्ये स्मृति जैसी ‘पर्फमेन्स अफ डे’ हुन सफल भएको संयोजक क्षेत्रीले बताए । उनका अनुसार दर्शकको भोटिङ्गका आधारमा उनी बाहिरिएका हुन् ।

उनले हाम्रोलाई भन्दा राम्रोलाई भोटिङ्ग गर्न समेत आग्रह गरेका छन् । उनका अनुसार अब हरेक दिन क्रमश प्रतियोगिहरु बाहिरिने छन् । मंसिर १९ गते भएको फाईनल अडिसनमा छनोट भएका १३ जना प्रतियोगीहरु आज स्टेज चडेका थिए ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा यही मंसिर २१ गतेदेखि सुरु भएको महोत्सव पौष १ गतेसम्म चल्ने छ । महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भईरहेको छ ।

सम्बन्धित् समाचार