गृहपृष्ठ Featured बाणगंगा- १ का वडाध्यक्ष सारुले गरे चारनम्बर चोकमा ‘फ्रि वाईफाई’ को व्यवस्था

बाणगंगा- १ का वडाध्यक्ष सारुले गरे चारनम्बर चोकमा ‘फ्रि वाईफाई’ को व्यवस्था

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिका- १ वडाध्यक्ष सन्जुकुमार सारुले बाणगंगा नगरपालिकाकै मुख्य बजार क्षेत्र चारनम्बर चोकमा ‘फ्रि वाईफाई’ को व्यवस्था गरेका छन् । वडाध्यक्ष सारुले निजी लगानीमा ‘फ्रि वाईफाई’ को व्यवस्था गरेका हुन् ।

‘फ्रि वाईफाई’ का लागी उनले शनिबार बाणगंगा नेट प्रा.लि.का प्रबन्ध निर्देशक पदमप्रताप सेनसंग सम्झौता गरेका हुन् ।

चारनम्बर चोकमा आउने÷जाने यात्रुको सहजतालाई महसुस गरेर निशुल्क रुपमा नेटको व्यवस्था गरेको वडाध्यक्ष सारुको भनाई छ ।

उनले यात्रुलाई नेटको सहज उपलब्धताले विभिन्न ठाउँको लोकेसन हेर्न सहज हुने बताए । उनले मोबाईलमा ब्यालेन्स सकिएको अवस्थामा पनि सम्बन्धित व्यक्तिसंग नेटमा कुराकानी गर्न सकिने बताए । उनले वाईफाईको सही सदुपयोग गर्न समेत आग्रह गरेका छन् ।

उक्त वाईफाई ३५० एपिएस क्षमताको रहेको र ६० जना बढीले एकसाथ चलाउन मिल्ने बताईएको छ ।

वडाध्यक्ष सारुले जनप्रतिनिधिले प्राप्त गर्ने सेवासुविधा समेत लिदैनन् ।

सम्बन्धित् समाचार