शुक्रबार राति टिप्पर ठक्करबाट मृत्यु भएका मृतकका परिवारले आइतबार दाङमा यातायात बन्दको घोषणा गरेको छ ।
शुक्रबार राति घोराही उपमहानगरपालिका १० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव अस्पतालबाट नउठाउने र आइतबार दाङमा यातायात बन्दको आब्हान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताए ।
मृतकका परिवारका लागि उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म आन्दोलनका कार्यक्रमको घोषणा गरिएको संयोजक पोख्रेलले जनाए । उनले दोषी रहेका यातायात व्यवसायीले पीडित परिवारसँग कुनै कुराकानी गर्न नखोजेकाले सहमतिमा आउन नसकेको बताए । पोखरेल प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष हुन् ।








