गृहपृष्ठ Featured कपिलवस्तुको गोरुसिंगेमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिदाँ ४ जना गम्भिर घाईते

कपिलवस्तुको गोरुसिंगेमा रोकिराखेको ट्रकलाई बसले ठक्कर दिदाँ ४ जना गम्भिर घाईते

कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ गोरुसिंगेमा दाङबाट बुटवलतर्फ जादै गरेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिदा ४ जना गम्भिर घाईते भएका छन ।

ना ५ ख ९६४१ नम्बरको बसले गोरुसिंग स्थित मल्ल स्टाफ होटल अगाडी रोकी राखेको ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिदा बसमा सवार ४ जना गम्भिर घाईते भएका हुन ।

जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेका प्रमुख अनिल भण्डारीले दुर्घटनामा गम्भिर घाईते भएकाहरुलाई बाहिर निकालिएको उपचारका लागि बुटवल पठाइएको बताए । उनले बसमा सवार अन्य यात्री भने सकुसल रहेको बताए ।

घाईतेहरुकोे नाम अझै सम्म नखुलेको उनले बताए ।

सम्बन्धित् समाचार