गृहपृष्ठ Featured अध्यक्ष र महासचिवले भने–“१४ औँ कपिलवस्तु महोत्सव सफलता पुर्वक सम्पन्न भयो”

अध्यक्ष र महासचिवले भने–“१४ औँ कपिलवस्तु महोत्सव सफलता पुर्वक सम्पन्न भयो”

बाणगंगा , वैखरी अनलाईन ।
बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणले १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८० सफलता पूर्वक सम्पन्न भएको बताएका छन् । महोत्सवलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गर्ने सम्पुर्णलाई धन्यवाद दिदैं उनले भने, ‘महोत्सव सफलता पुर्वक सम्पन्न भयो । अन्य महोत्सव भन्दा यस महोत्सवलाई पृथक भएको अनुभूति गरेका छौं ।’

महोत्सवका संयोजक समेत रहेका खाणले करिब एक लाख बढी दर्शक भित्रिएको जानकारी दिदैं ३ करोड बढीको आर्थिक कारोबार भएको बताए । उनले महोत्सवमा हस्तकलाको प्रदर्शनसंगै शैक्षिक प्रदर्शनी र कृषि प्रदर्शनीले महत्वपुर्ण स्थान पाएको बताए ।
स्थानीय तथा घरेलु उत्पादनको बजारीकरणमा यस महोत्सवले परिणामुखी भूमिका निर्वाह गरेको उनको भनाई छ ।
बाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले १४ औं कपिलवस्तु महोत्सव ऐतिहासिक भएको दाबी गरे । महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता देखिएको बताउँदै उनले भने, ‘महोत्सव फलदायी भएको छ । आयोजकले राखेको उद्देश्य हासिल भयो ।’
उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए ।
१२ औँ कपिलवस्तु डान्स आइडल संयोजक खडक बहादुर क्षेत्रीले आईडलले देशभर देशभर सकारात्मक सन्देश प्रवाह गरेको बताए । महोत्सव अवधिभर मौसम समेत अनुकुल हुँदा महोत्सव संचालनमा कुनै कठिनाई आईनपरेको उनले बताए ।

गत मंसिर २१ गतेदेखि पुस १ गतेसम्म १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी भएको थियो ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ भएको उक्त महोत्सवको नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उद्घाटन गरेका थिए भने संघीय सांसद तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्रराज आर्चायले समापन गरेका थिए ।

सम्बन्धित् समाचार