रुपन्देही ।
पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा कार्यक्रम बिहीबारदेखि बुटवलमा सुरू भएको छ । संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषको उपाध्यक्ष डा. ल्हारक्याल लामाले खेलाडीलाई स्केटबोर्ड प्रदान गरेर कार्यक्रमको उद्घाटन गरे ।
डा. लामाले युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष भएको बताउँदै खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारात्मक भूमिका खेलेको जनाए ।
खेलाडीहरूलाई लुम्बिनी दर्शनको निम्ति आग्रहसमेत गर्दै लामाले स्केट खेलाडीहरूको रोचक फोटोहरू प्रदर्शनको अवलोकन गरे ।
कार्यक्रममा सङ्घका अध्यक्ष अच्युत खनाल, स्केट एड नेपालका अध्यक्ष जागृत पहाडी, लुम्बिनी प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव जयप्रकाश भट्टराई, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्री लगायत खेलाडीहरूले अवलोकन गरेका थिए ।








