गृहपृष्ठ Featured दुर्गा आमा समुह : देउसी भैलो बाट उठेको केहि रकम पीडित परिवारलाई

दुर्गा आमा समुह : देउसी भैलो बाट उठेको केहि रकम पीडित परिवारलाई

चेतन विष्ट, कपिलवस्तु
बाणगङ्गा नगरपालिका वडा नम्बर २ बैजलपुरमा रहेको दुर्गा आमा समुहले देउसी भैलो बापत उठेको केहि रकम आर्थिक अवस्था निक्कै कमजोर रहेको एक परिवारलाई प्रदान गरेको छ ।
देउसी भैलो बाट उठेको रकम मध्ये ५ हजार २५ रुपैयाँ आर्थिक अवस्था कमजोर हुँदा हर्नियाँको अप्रेशन शुल्क समेत तिर्न नसकेका बैजलपुर निवासी सहदेव थारुलाई प्रादान गरेको हो ।
थरुको गत कार्तिक २६ गतेका युनाईटेड हस्पिटल ठाकुरापुरमा हर्नियाँको अप्रेसन भएको थियो । उनको आर्थिक अवस्था अत्यन्तै कमजोर भएपछि उक्त अप्रेसन शुल्क समेत तिर्न सकेका थिएनन् ।
आफुहरुले भैलोको रकमलाई सामाजिक कार्यमा लगाउने क्रममा पिडित परिवारलाई प्रदान गरिएको समुहकी अध्यक्ष मिना श्रेष्ठले बताउनुभयो । यस्ता कामलाई आगामि दिनहरुमा समेत निरन्तरता दिने बताउनुभयो ।

सम्बन्धित् समाचार