गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : दुई मन्त्रीले लिए सपथ

लुम्बिनी प्रदेश : दुई मन्त्रीले लिए सपथ

बुटवल ।

लुम्बिनीमा सरकार गठन भएको ८ महिनापछि तेस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आइतबार दुई मन्त्री थपेपछि मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आइतबार बाँकेको निर्वाचन क्षेत्र नं. १(१)बाट निर्वाचित माओवादी केन्द्रकी कृष्णा केसीलाई सहरी विकास र प्यूठानको निर्वाचन क्षेत्र १(२)बाट निर्वाचित सरोज थापालाई उद्योग तथा यातायात व्यवस्थामन्त्रीको रुपमा सपथग्रहण गराएका छन् ।

वैशाख १४ गते ३ सदस्यीय मन्त्रीपरिषद् बनाएका मुख्यमन्त्री चौधरीले जेठमा दोस्रोपटक विस्तार गर्दै ७ सदस्यीय बनाएका थिए । १० मन्त्रालय रहेको लुम्बिनीमा आइतबारको विस्तारसँगै मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । बाँकी रहेको वन वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय मुख्यमन्त्री चौधरी आफैंले राखेका छन् ।

आइतबा सपथग्रहण गरेकी माओवादीकी केसी ८ महिना अघि नै मन्त्रीमा सिफारिस भएकी हुन् । सरकार विस्तारमा माओवादी र कांग्रेसको विवादले उनी सिफारिस भएरपनि मन्त्री बन्न पाएकी थिईनन् ।

यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा पनि सहरी विकास मन्त्रालय नपाएपछि उनी झण्डै तीन महिना विनाविभागीय मन्त्री बसेकी थिईन् ।

माओवादीले केसीसँगै रोल्पाका दीपेन्द्र पुनलाई पनि मन्त्री बनाउन सिफारिस गरेको थियो । तर, कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनलाई गठबन्धनबाट विद्रोह गरी हराएका कारण पुनले दीपेन्द्रलाई मन्त्री बन्न रोक्ने अडानसहित कांग्रेसमा उभिएपछि अहिले २ सदस्यीय मन्त्री विस्तार गरिएको हो ।

सम्बन्धित् समाचार