गृहपृष्ठ Featured लुम्बिनीले कर्णालीलाई दियो १३४ रनको चुनौती

लुम्बिनीले कर्णालीलाई दियो १३४ रनको चुनौती

काठमाडौँ ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई हराउन एक सय ३४ रन बनाउनु पर्ने भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ३३ रन बनाएको हो ।

लुम्बिनी प्रदेशका लागि सरस्वती जीएमले अर्धसतकीय पाली खेलिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी सरस्वतीले अविजित ५३ रन बनाइन् । उनले ६२ बलको सामना गरी सात चौका पनि प्रहार गरिन् । ओपनर ब्याटर आसमा पुलामी मगरले पनि २५ रन बनाइन् ।

आसमाले २५ बलको सामना गरी तीन चौका हिर्काइन् । लुम्बिनीले चार रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको थियो । त्यसपछि सरस्वती र आसमाले टोलीको स्कोरलाई ४८ रनको स्थितिसम्म पुर्याएका थिए ।

लुम्बिनीका लागि चमेली चौधरीले पनि १८ रनको योगदान गरिन् । उनले २२ बलमा दुई चौका हिर्काएकी थिइन् । मधु डीसी दुई रनमा अविजित रहिन् । लुम्बिनी प्रदेशले अतिरिक्त रूपमा पनि २५ रन पाएको थियो । कर्णाली प्रदेशका बलर यमुना थारु, रश्मी खड्का र तृषणा विश्वकर्माले एक–एक विकेट हात पारे ।

सम्बन्धित् समाचार