प्यान इन्डियन सुपरस्टार प्रभासको फिल्म सालार ग्लोबल बक्स अफिसमा तीन दिनमै ४०० करोड क्लबमा पुगेको छ । आइतबार मात्रै फिल्मले १०४ करोड भारु कमाएको छ । सलार ३ दिनमा ४०० करोड कमाउने तेस्रो फिल्म हो । यसअघि बाहुबली–२ र ट्रिपल आरले यो रेकर्ड बनाएका थिए । शुक्रबार पहिलो दिनको कारोबारमा सालारको वल्र्डवाइड कलेक्शन १७८ करोड ७० लाख भारु थियो । दोस्रो र तेस्रो दिनको कमाई क्रमशः ११७ करोड र १०४ करोड ३० लाख भारु रहेको छ ।








