गृहपृष्ठ Featured कपिलवस्तुमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किदाँ मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तुमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किदाँ मोटरसाइकल चालकको मृत्यु

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५ सुठौलीमा मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किदाँ मोटरसाइकल चालकको ज्यान गएको छ ।

सोमबार युपि ५५ एस ७१८६ नम्बरको मोटरसाइकल र लु.३ त ९३२४ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किदाँ मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–५ का १५ वर्षीय रमन यादवको ज्यान गएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका यादवको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार मोटरसाईकलको पछाडि बसेका एक जना घाईते भएको र उनको उपचार भइरहेको छ ।

ट्याक्टर चालक भने फरार छन् । उनको प्रहरीले खोजी गरिरहेको छ ।

सम्बन्धित् समाचार