वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको महाराजगंज नगरपालिका ९ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरीमा डुबेर १० वर्षीय रजिन्द्र पासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
डुबेर अशक्त अवस्थामा रहेका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








