गृहपृष्ठ Featured अर्घाखाँचीमा कार दुर्घटना : घाइतेलाई उपचारका लागि काठमाडौं पठाइयो

अर्घाखाँचीमा कार दुर्घटना : घाइतेलाई उपचारका लागि काठमाडौं पठाइयो

अर्घाखाँची ।

अर्घाखाँचीमा भएको कार दुर्घटनामा गम्भीर घाइते भएका अर्जुन पोख्रेल संघर्षलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

बिहीबार  पाणिनि गाउँपालिकादेखि सन्धिखर्क आउँदै गरेको लु ३ च ८८७ नम्बरको कार सन्धिखर्क नगरपालिका ४ तीनथुप्रेमा दुर्घटना हुँदा चालक पाणिनि गाउँपालिका १ पणेनाका अर्जुन पोख्रेल घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख  डीएसपी प्रतीतसिंह राठोरले  जानकारी दिए।

कार सडकदेखि अन्दाजी ५० मिटर तल खोलामा खसेको थियो । कारमा चालक पोख्रेलसहित दुई बालबालिका थिए  । उनीहरुको अवस्था भने सामान्य रहेको छ । घाइते पोख्रेललाई छातिमा समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको हो।

घाइते पोख्रेल पाणिनि गाउँपालिका दुर्गाफाँटमा रहेको सगुन एग्रो रिसोर्टका सञ्चालक हुन् ।

सम्बन्धित् समाचार