पोखरा ।
पोखरामा श्रीमतीको हत्या आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–७, ताकम घर भई हाल पोखरा बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्ती छन् ।
घर्तीले बिहीबार दिउँसो आफ्नै श्रीमती २९ वर्षीया रेखा घर्तीको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।








