गृहपृष्ठ Featured टोटनहमविरुद्ध ब्राइटनको जित

टोटनहमविरुद्ध ब्राइटनको जित

काठमाडौं ।

इंग्लिस प्रिमियर लिगमा ब्राइटनले टोटनहमविरुद्ध ४–२ को सहज जित निकालेको छ ।

बिहीबार राति फाल्मेर रंगशालामा ब्राइटनलाई जित दिलाउन जाओ पेड्रोले दुई र ज्याक हिन्सेलउड र पर्भिस इस्टुपिनानले एक/एक गोल गरे । टोटनहमका एलेजो भेलिज र बेन ड्याभिसले गोल फर्काएका थिए । टोटनहम खेलको ७५ मिनेटसम्म ४–० ले पछि परेको थियो ।

११औँ मिनेटमा हिन्सेलउडले गोल गर्दै घरेलु टिम ब्राइटनलाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा पेड्रोले ब्राइटनको अग्रता दोब्बर बनाए । ६३औँ मिनेटमा इस्टुपिनानले गोल गर्दै ब्राइटनको अग्रतालाई ३–० मा पुर्‍याए । ७५औँ मिनेटमा पेड्रोले व्यक्तिगत दोस्रो गोल गर्दा घरेलु टिमले अग्रता ४–० मा पुर्‍याएको थियो ।

८१औँ मिनेटमा भेलिज र त्यसको तीन मिनेटपछि ड्याभिसले गोल गर्दै खेल रोमाञ्चक बनाए पनि टोटनहमलाई बराबरीमा फर्काउन सकेनन् ।

सम्बन्धित् समाचार