कपिलवस्तु ।
विदेशीने होडबाजी चलिरहेको वर्तमान अवस्थामा कपिलवस्तुका कृष्ण कार्की भने ट्राभल्स प्रा.लि. संचालनमा ल्याएर सेवासंगै आम्दानी गरिरहेका छन् । बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा कार्की एण्ड सन्स ट्राभल्स प्रा.लि. मार्फत ३ बर्षदेखि सेवा दिइरहेको हो ।
विदेशमा गएका कयौँ व्यक्तिहरु पनि सन्तुष्ट नभएको भन्दै स्वदेशमै बसेर आफुले सेवा दिन पाउँदा खुसी रहेको उनी बताउछन् । सुरुमा करिब ३० लाख लगानीमा सञ्चालन गरिएको उक्त ट्राभल्स प्रालीले अहिले बस, हवाई, रेल लगायत विभिन्न खालका टिकट काट्नुका साथै यातायातको लागि सवारी साधान भाडामा उपलब्ध गराउँदै आएको छ ।
प्रालीले टिकटका साथै पर्यटकहरुका लागि अवाश्यक अन्य सवारी साधनको समेत व्यवस्था गरेको छ । सञ्चालक कार्कीले आफुहरुले सेवा दिएपछि केहि शुल्क लिए पनि सर्वसाधारणका लागि समस्या पर्ने गरि शुल्क नलिएको दाबी गरे ।
कार्कीले ट्राभल्स प्रा.ली बाट आम्दानी गर्नुको साथै उहाँले त्यस आम्दानीलाइ समाजसेवामा पनि खर्च गर्दै आइरहनु भएको छ । उहाँले वाणगंगा ५ झण्डामा रहेको झण्डा मा.वि. मा १२ थान कम्प्यूटर सहयोग गर्नु भएको थियो ।








