वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा २ दिने निःशुल्क आँखा शिविर हुने भएको छ ।
उक्त शिविर यही पौष १९ र २० गते वडा नम्बर ९ मा अवस्थित बरकलपुर स्वास्थ्य चौकी ईमिलियामा हुने लागेको नगरप्रमुख केशवकुमार श्रेष्ठले जानकारी दिए ।
शिविर नगरपालिकाको आर्थिक सहयोग र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुगंजको प्राविधिक सहयोगमा हुन लागेको हो । स्थानीय व्यवस्थापनमा निशुल्क शल्यक्रियासहितको आँखा शिविर हुन कार्यक्रम रहेकाले मोतिविन्दु र आँखाको समस्या भएका नगरवासीलाई शिविरमा सहभागी हुन नगरप्रमुख श्रेष्ठले अपिल समेत गरेका छन् ।
आँखा मानिसको एक महत्वपुर्ण संवेदनशिल अंक भएकाले यसको संरक्षणमा सबै सचेत हुनुपर्ने उनको भनाई छ ।
यस्तो छ सुचना









