गृहपृष्ठ Featured गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किबी खेती

गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किबी खेती

गुल्मी ।

गुल्मीमा ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको छ । जिल्लाको कालीगण्डकी, सत्यवती, रेसुङगा र धुर्कोटमा गरी ४८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

पछिल्लो समयमा किवी खेतीबाट राम्रो अम्दामी हुने भएपछि किसानहरु यसतर्फ आर्कषित भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।प्रति केजी २ सय पचास देखी ३ सय रुपियाँसम्म कृषकले किबी बिक्री गर्ने गरेको भण्डारीले बताए ।

४८ हेक्टर क्षेत्रफलमा लगाइको मध्ये २० हेक्टरमा लगाइएका बिरुवाले उत्पादन दिएको ज्ञानकेन्द्रले जनाएको छ । जिल्लामा २०६४ सालमा भार्सेका कृषकले संखुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरवात भएको मानिन्छ ।

जिल्लामा उत्पादन भएको किबी बिक्रीका लागि बजारीकरणको समस्या छैन् । समुद्री सतहदेखि १ हजार २ सय मिटर भन्दा माथी किवी खेती हुने गर्दछ । जिल्लामा १ हजार २ सय मिटर माथीका भाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।

सम्बन्धित् समाचार