वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ मा रहेको गजेहडा खानेपानी तथा सरसफाइ समितिद्धारा सिद्धार्थ माध्यमिक बिद्यालय बुङचीमा खोनेपानीको धारा निमार्ण भएको छ ।
बिद्यालयमा खानेपानीको समस्या देखिएपछि गजेहडा खानेपानी तथा सरसफाइ समितिले सिद्धार्थ माविमा धारा जडान गरेको हो । सो धाराको मगंलबार एक कार्यक्रमकाबिच गजेहडा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष तथा युवा समाजसेवि राज कुमार खाणले उद्यघाटन गरेका छन ।

धारासगैँ अव बिद्यालयले मासिक रुपमा ३० हजार लिटर पानी समेत निशुल्क प्रयोग गर्न पाउने भएका हुन ।
करिव एक लाख पचास हजार बढिको लागतमा गजेहडा खानेपानी तथा सरसफाइ समितिले सो धारा बिद्यालयमा जडान गरेको हो ।
उद्यघाटन कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका वडा नः ४ का विबर्तमान वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले यसरी गजेहडा खानेपानी तथा सरसफाइ समितिले बिद्यालयको समस्या बुझेर खानेपानीको धारा र पानीको ब्यवस्था गरेको धन्यवाद समेत ज्ञापन गरेका छन ।

त्यस्तै वडा नः १ का वडाध्यक्ष सञ्जु कुमार सारुले समितिले गरेको कामको सिको अन्य सघं सस्थाले पनि गर्न आवश्यक रहेको बताउँदै सबै मिले वडा तथा नगरमा आई परेका समस्या समाधान गर्न प्रतिबद्ध भई लाग्नु पर्ने बताए ।

कार्यक्रममा प्रमुख अथिति रहेका गजेहडा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष राज कुमार खाणले समितिले आफनो क्षेत्रभित्र पर्ने गरिव तथा बिपन्न परिवारका घरमा समेत निशुल्क खानेपानी उपलब्ध गराउने कार्य निरन्तर भई रहेको बताउदै यसलाई निरन्तरता दिने समेत बताए ।
कार्यक्रममा गजेहडा खानेपानी तथा सरसफाइ समितिका सदस्य खिल प्रसाद शर्मा, सिद्धार्थ माध्यमिक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रेम राना लगायले आआफनो धारणा राखेका थिए । बिद्यालयका प्रध्यानाध्यापक दल बहादुर थापा (ईश्वर) को सञ्चालनमा भएको कार्यक्रममा गजेहडा खानेपानी तथा सरसफाइ समितिका पदाधिकारी, सदस्य, अभिभावक, बिद्यार्थी तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।









