गृहपृष्ठ Featured कपिलवस्तुमा हात्तीपाईलेको अवस्था पत्ता लगाउन सर्वे गरिदै

कपिलवस्तुमा हात्तीपाईलेको अवस्था पत्ता लगाउन सर्वे गरिदै

कपिलवस्तु ।

बिगत १५ बर्ष देखि हात्तीपाईले रोग बिरुद्ध महाअभियान संचालन गरिए पनि असफल हुदै आएको कपिलवस्तुको अवस्था पत्ता लगाउन सर्वे कार्य संचालन सुरु गरिएको छ ।

 

२०६४ साल देखि जिल्लामा हात्तीपाईले बिरुद्ध अभियान संचालन हुदै आएको छ । किटजन्य रोग अनुगमन तथा तालिम केन्द्र हेटौडाद्धारा तौलिहवामा आयोजित हात्तीपाईले रोग निवारण समबन्धी ईपि डी मि योजी कल सर्वे कार्यक्रमको जिल्ला स्तरीय अनगुमन गोष्ठी कार्यक्रममा निर्देशक केशवराज पंडीतले जिल्लामा हात्तीपाईलेको अवस्था पत्ता लगाउन परिक्षण, जाच र सर्वेको काम सुरु हुने बताए ।

 

२० बर्ष माथीका उमेर समुहको ब्यक्तिको नमुना रक्त संकलन गरी सर्वे गरिनेछ । १३ चरण पछि थप दुई चरण गरिएको अभियान पछि हात्ती पाइलेको अवस्था पत्ता लगाउन सो सर्वे गर्न लागिएको हो ।

 

२०७८ र २०७९ सालमा चलाइएको अभियानमा जिल्लामा ८० प्रतिशत बढीले औाषधी खाएको प्रतिबेनद छ । त्यही २ बर्षको अवधीलाई मानेर कपिलवस्तुका ४ पालिकाको १२ सय जनाको नमुना रक्त परिक्षण गर्ने योजना रहेको उनले बताए ।

सर्वे कार्यलाई ए र बि समुहमा बाडिएको छ । समुह ए मा बाणगंगा, बुद्धभुमी, शिवराज नगरपालिका र बिजयनगर गाउपालिकालाई राखिएको छ । जसमध्ये बाणगंगा नगरपालिका १ र शिवराज नगरपालिका– २ का तीन तीन सय जनाको नमुना रक्त लिई परिक्षण गरिनेछ ।

 

यस्तै समुह बीमा महाराजगंज, कृष्णनगर, कपिलवस्तु नगरपालिका तथा यशोधरा, मायादेबी र सुद्धोदन गाउपालिका राखिएका छन । त्यस मध्ये महराजगंज नगरपालिका १ र कृष्णगनर नगरपालिका ९ बहादुरगंजका तीन तीन सय जनाको नमुना रक्त लिई परिक्षण गरिनेछ ।

सर्वेक्षण गर्दा कुनै स्थानको २ वा सो भन्दा कम नतिजा आएमा पास भएको र त्यो भन्दा बढी देखिएमा असफल भएको मानिनेछ । ३ वा सो भन्दा माथी फेला परे पुन सर्वेको काम गरिनेछ । प्रत्येक सर्वे टिम ३ जनाको हुनेछ ।

 

एक जनाले नाम दर्ता, एक जनाले नमुना रक्त संकलन र एक जनाले रेकर्ड राख्ने काम गर्नेछ । कुनै परिवारको सदस्यको रगत पोजेटिभ भेटिए त्यही ब्यक्तिको रातिमा समेत नमुना रक्त संकलन गरी परिक्षण गरिनेछ । सर्वे फिल्ड टिम एमएफ परिक्षणकालागि भने एक जना प्रयोगशालाकर्मी, एक जना स्वयमसेविका, एक जना स्थानीय स्वास्थ्यकर्मी र एक जना सुपरभाईजर रहनेछन

सम्बन्धित् समाचार