काठमाण्डाै ।
भारतसँगकाे दाेस्राे टेस्टकाे पहिलाे इनिङ्समा दक्षिण अफ्रिका ५५ रनमै अल आउट भएकाे छ ।
केपटाउनमा टस जितेर पहिले ब्याटिङ गरेकाे दक्षिण अफ्रिका पहिलाे दिनकाे खाना समयअघि नै ५५ रनमा समेटियाे । दक्षिण अफ्रिकाका केल भेरेनेले सर्वाधिक १५ रन बनाए । यस्तै यस्तै डेभिड बेडिङघमले १२ रन जाेडे ।
अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ भारतका माेहम्मद सिराजले ६ विकेट लिए । यस्तै जसप्रीत बुमराह र मुकेश कुमारले समान २ विकेट लिए ।
भारतले पहिलाे इनिङ्सकाे ब्याटिङ थालेकाे छ । २ खेलकाे शृङ्खलामा दक्षिण अफ्रिका १–० ले अघि छ ।








