गृहपृष्ठ Featured लुम्बिनी प्रदेश चेम्बर क्यानडा र हङकङको चेम्बरसँग जोडियो

लुम्बिनी प्रदेश चेम्बर क्यानडा र हङकङको चेम्बरसँग जोडियो

रूपन्देही ।

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखाहरूसँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ ।

हङकङ स्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्विनीका अध्यक्ष टंकप्रसाद पोखरेलले जानकारी दिए ।

नेपाल भ्रमणका क्रममा बुधवार लुम्बिनी आइपुगेका हिन्दू चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल(क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधि बीच समझदारी पत्रमा हस्ताक्षर भयो ।

भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सभाकक्षमा भएको भेटवार्तामा लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष टंक प्रसाद पोखरेल र नेपाल क्यानडा चेम्बरका अध्यक्ष विजय पौडेल तथा हिन्दू चेम्बर अफ कमर्स क्यानडाका तर्फबाट अध्यक्ष नरेश चावडाले समझदारी पत्रमा हस्ताक्षर गरे ।

यसअघि गत महिना नेपाल चेम्बर अपकमर्स हङ्कङका प्रतिनिधिसँग लुम्बिनी चेम्बरका अध्यक्ष पोखरेलले समझदारी गराएका थिए । उक्त समझदारी पत्रमा हङ्कङ चेम्बरका तर्फबाट सभापति लालबहादुर गुरुङले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित् समाचार