कपिलवस्तुको वनमा पहिलो पटक बाघ भएको औपचारिक पुष्टि भएको छ ।
बाघ र अन्य स्तनधारी वन्य जन्तुको अवस्था थाहा पाउन राखिएको क्यामरा ट्यापिङ प्रविधिबाट बाघको तस्बिर खिचिए पछि पाटे बाघ भएको प्रमाणित भएको छ ।
जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा बाघ फेला परेको बताइएको छ । तर कुन ठाउँमा हो थप जानकारी दिलाइएको छैन । बाघ फेला परेको स्थानको विषयमा थप विवरण र फोटो कार्यक्रमको समापन पछि सार्वजनिक गरिने पौडेलले नेपाल टिभि न्युजलाई बताउनु भयो ।
ताल परियोजनाले पुस ४ गते देखी कपिलवस्तु, दाङ र अर्घाखाँचीका वनमा क्यामरा ट्यापिङ जडान गरिएको थियो । दाङको गडवा र राप्ती गाउँपलिका, अर्घाखाँचीको शितगंगा नगरपालिका र कपिलवस्तुको विजयनगर गाउँपालिका, शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाको वडा नम्बर ९ मा क्यामरा राखिएको थियो ।
हरेक २ किलोमिटर क्षेत्रमा एक क्यामरा राखिएको छ । तिन जिल्लाका ५६० वर्ग किलोमिटर क्षेत्रफलमा १४२ क्यामराबाट वन्यजन्तुको अवस्था अध्ययन गरिएको छ ।








