गृहपृष्ठ Featured अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि गौरीशंकरलाई

अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : उपाधि गौरीशंकरलाई

अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्कमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकर इंग्लिस बोर्डिङ स्कुलले हात पारेको छ।

विद्यालयले ७ स्वर्ण, २ रजत र ४ कास्य पदक गरी १३ पदकका साथ प्रथम स्थान हासिल गरेको नगर शिक्षा अधिकृत मञ्जु आचार्यले बताइन्।

६  स्वर्ण, ८ रजत र १ कास्य पदक गरी १५ पदकका साथ जनज्योति माध्यमिक विद्यालयले द्वितीय र ५ स्वर्ण, ५ रजत र ४ कास्य पदक गरी १४ पदकका साथ अर्घाखाँची आवासीय माविले तृतीय स्थान हासिल गरेको छ।

प्रथमलाई शिल्डसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय र तृतीय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

सम्बन्धित् समाचार