गृहपृष्ठ Featured लुम्बिनी चेम्बरको क्यानडा र हङकङको चेम्बरसंग साझेदारी

लुम्बिनी चेम्बरको क्यानडा र हङकङको चेम्बरसंग साझेदारी

बुटवल ।

लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले र हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, क्यानडाको हिन्दू चेम्बर अफ कमर्स तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका बीच आपसमा साझेदारी गरेको छ ।

नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका हिन्दू चेम्बर अफ कमर्स क्यानडाका प्रतिनिधि तथा नेपाल—क्यानडा चेम्बर अफ कमर्सका प्रतिनिधि र लुम्बिनी चेम्बर अफ कमर्सका प्रतिनिधिबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

भेटवार्तामा लुम्बिनी चेम्बरका तर्फबाट अध्यक्ष टंकप्रसाद पोखरेल र नेपाल क्यानाडा चेम्बरका अध्यक्ष विजय पौडेल तथा हिन्दू चेम्बर अफ कमर्स क्यानाडाका तर्फबाट अध्यक्ष नरेश चावडाले समझदारी पत्रमा हस्ताक्षर गरे ।

यसअघि गत महिना नेपाल चेम्बर अफ कमर्स हङकङका प्रतिनिधिसंग लुम्बिनी चेम्बरका अध्यक्ष पोखरेलले समझदारी गरेका थिए । उक्त समझदारी पत्रमा हङकङ चेम्बरका तर्फबाट सभापति लाल बहादुर गुरुङले हस्ताक्षर गरेका थिए ।

सम्बन्धित् समाचार