गृहपृष्ठ Featured दाउन्ने खण्डको विकल्पमा ‘पहुँचमार्ग’ : कालोपत्र गर्ने काम सुरु

दाउन्ने खण्डको विकल्पमा ‘पहुँचमार्ग’ : कालोपत्र गर्ने काम सुरु

परासी ।

पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड (बर्दघाट–दुम्कीबास) को विकल्पका रूपमा प्रयोग गर्न सकिने पश्चिम नवलपरासीको बर्दघाटमा सडक कालोपत्र गर्ने काम सुरु भएको छ । लुम्बिनीको बर्दघाट नगरपालिकादेखि गण्डकीको विनयीत्रिवेणी गाउँपालिकाको दुम्कीबास जोड्ने १४ किमि कच्ची सडक कालोपत्रको काम सुरु भएको हो ।

बर्दघाट–१० देखि पहाडी क्षेत्र जोड्नका लागि पहुँच मार्गका रूपमा विस्तार गर्न लागिएको यो सडक निर्माण सकिए दाउन्ने खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ ।

दाउन्ने खण्डमा पहिरो तथा अन्य कारणले बेलाबेला राजमार्ग अवरुद्ध हुँदा घण्टौं जाम हुने समस्या हटाउन वैकल्पिक सडकलाई बहुवर्षीय योजनाका रूपमा ठेक्का लगाएर कालोपत्रे बनाउन लागिएको हो ।

सम्बन्धित् समाचार