गृहपृष्ठ Featured लाइन काटेको विरोधमा रूपन्देहीका १९ उद्योग बन्द

लाइन काटेको विरोधमा रूपन्देहीका १९ उद्योग बन्द

बुटवल ।

डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा रुपन्देहीका उद्योगीले उद्योग नै बन्द गराएका छन् ।

लाइन काटिएका उद्योगमा पुनः बिजुली जडान गर्न नेपाल विद्युत् प्राधिकरणलाई दबाब दिने उद्देश्यले उनीहरूले १९ वटा उद्योग नै बन्द गराएका छन् ।

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले ट्रंक लाइन महसुल नतिरेको भन्दै १३ पुसमा बुटवल–भैरहवा करिडोरका घराना फुड र सिद्धार्थ पेट प्लास्ट उद्योगको लाइन काटिदिएको थियो ।

२० पुससम्म ती उद्योगमा काटिएको लाइन निःशर्त जडान गर्न माग गर्दै उद्योगीहरुले प्राधिकरणको भैरहवा र नयाँ मिल वितरण केन्द्रमा १८ पुसमा ज्ञापनपत्र बुझाएका थिए ।

उद्योगीका मागप्रति प्राधिकरणले बेवास्ता गरेकाले करिडोरका १९ वटै उद्योग बन्द गरेर आन्दोलनमा उत्रिनु परेको अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले बताए ।

सम्बन्धित् समाचार