गृहपृष्ठ Featured बाणगंगा- १ मा ३ सय जनाको रगत संकलन, हात्ती पाईले नभएको पुष्टि

बाणगंगा- १ मा ३ सय जनाको रगत संकलन, हात्ती पाईले नभएको पुष्टि

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- १ मा हात्तीपाईले रोगको परजीवी अनुसन्धानका लागि रगत संकलन गरिएको छ। वडा नम्बर १ अन्तर्गत बठनपुरा क्षेत्रबाट ३ सय जनाको रगत संकलन गरिएको हो ।

रगत संकलन गरिएका ३ सय जनामध्ये कसैमा पनि पुष्टि नभएको अर्थात नेगेटिभ देखिएको वडाध्यक्ष सन्जुकुमार सारुले जानकारी दिए ।

रगत संकलनका लागी किटजन्य रोग अनुगमन तथा तालिम केन्द्र हेटौडाको टोलि आएका थिए ।

वडाध्यक्ष सारुले हात्ती पाईले रोग निवारणका लागी कपिलवस्तुमा विगत १५ बर्षदेखि महाअभियानका रुपमा सञ्चाल गरिएको बताउँदै यसको निवारणका लागी साझाँ प्रयास आवश्यक रहेको बताए ।

सम्बन्धित् समाचार