गृहपृष्ठ Featured बार्सिलोना सुपर कपको फाइनलमा

बार्सिलोना सुपर कपको फाइनलमा

काठमाडौं ।

ओसासुनालाई २-० ले हराउँदै बार्सिलोना स्पानिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबको रियादमा भइरहेको सुपर कपमा रोवर्ट लेवान्डोस्की र ल्यामिन यमलले दोस्रो हाफमा गरेको गोलमा बार्सिलोना विजयी भएको हो ।

लेवान्डोस्कीले ५९औं मिनेटमा इल्के गुन्डोगानको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

यामलले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

अब बार्सिलोनाले उपाधिको लागि रियल मड्रिडसँग खेल्नेछ । रियलले पहिलो सेमिफाइनलमा छिमेकी एट्लेटिको मड्रिडलाई ५-३ ले पराजित गर्दै फाइनल पुगेको हो ।  फाइनल खेल १४ जनवरीमा रियादमै हुनेछ ।

बार्सिलोनाले सर्वाधिक १४ पटक स्पानिस सुपर कपको उपाधि जित्नेछ ।

सम्बन्धित् समाचार