गृहपृष्ठ Featured बाणगंगा मौरी पालन तथा महउत्पादक सहकारीको साधारण सभा सम्पन्न

बाणगंगा मौरी पालन तथा महउत्पादक सहकारीको साधारण सभा सम्पन्न

वैखरी अनलाइन , बाणगंगा ।
बाणगंगा मौरी पालन तथा मह उत्पादक सहकारीको साधारण सभा सम्पन्न भएको छ ।

बाणगंगा १ वैरीयामा भएको १६ औ बार्षिक साधारण सभामा प्रमुख अथितिका रुपमा बोल्दै पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य बिष्णु पन्थीले मह उत्पादनका क्षेत्रमा कपिलवस्तुलाई प्राथमिकता दिएर सबलेै आआफनो ठाउबाट लाग्नुपर्ने बताउँदै यस क्षेत्रका किसानलाई मह उत्पादन लाग्न जोड दिएका थिए ।

साथै पन्थीले प्रदेशमा मह उत्पादनमा कपिलवस्तु जिल्लालाई पहिलो बनाउन सबै लाग्ने र केही बर्षमा पहिलो बनाउने प्रतिबद्धता जनाएका छन ।

 

मह उत्पादनको हिसाबले लुम्बिनी प्रदेशमा दाङ पछि कपिलवस्तु दोस्रो जिल्ला रहेको छ । कपिलवस्तुको बाणगंगामा मात्रै वार्षिक १० टन बढी उत्पादन हुने गरेको छ । सहकारीले आर्थिक बर्षए २०७९⁄८० मा ९० लाख बराबरको कारोबार भएको सहकारीका अध्यक्ष लिलापति घिमिरेले वैखरी अनलाइनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार