वैखरी अनलाईन, बाणगंगा ।
रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको कंचन गाउँपालिका वडा नं.४ मा अवस्थित उक्त सामुदायिक वनको साधारण सभा गाउँपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


कार्यक्रममा सम्बोधन गर्दै कंचन सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रबहादुर भाट, सामुदायिक वन उपभोक्ता समूहका केन्द्रिय सदस्य दिनानाथ आचार्य लगायतले वनलाई संरक्षण, सम्बद्र्धन गर्दै स्थानीयको आयआर्जन र गरिबी निवारणमा जोड्न आवश्यक रहेको बताएका थिए ।

वनका अध्यक्ष हिमाल थापाले वनको आवश्यकताको प्राथमिकता र पहिचान गरि यथाशक्य आपुर्ति सहज बनाउन आफुहरु लागी पर्ने बताए छन् । अध्यक्ष थापाले वन क्षेत्रको संरक्षणबाट वन पैदावर उत्पादन वृद्धिदरमा उल्लेख्य सुधार गर्दै आएको बताए ।

उनले वनको प्रवद्र्धन गर्दै आम उपभोक्ताको मागलाई पुरा गर्नुपर्ने बताए । उनले वन डढेलो नियन्त्रणमा सबै उपभोक्तालाई चनाखो हुन आग्रह गरे । वनको खाली जग्गामा वृक्षरोपण बताएका छन् । उनले आवश्यक निकायसंग सहकार्य गरेर अघि बढ्न वन तयार रहेको बताए ।
वनका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव तुल्सी प्रसाद अधिकारीले गरेका थिए ।
कार्यक्रममा वनका वर्तमान र पुर्व पदाधिकारी, जनप्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीको सहभागिता रहेको थियो ।








