गृहपृष्ठ Featured एएफसी एसिया कपमा बहराइनको पहिलो जित

एएफसी एसिया कपमा बहराइनको पहिलो जित

काठमाडौँ ।

एएफसी एसियन कप फुटबलमा बहराइनले पहिलो जित निकालेको छ । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘ई’ मा रहेको बहराइनले शनिबार राति भएको खेलमा मलेसियाविरुद्ध १–० गोलको जित निकाल्दै ३ अङ्क बटुल्न सफल भएको हो ।

बराबरीतर्फ उन्मुख खेलमा बहराइनले दोस्रो हाफको अतिरिक्त पाँचौँ मिनेटमा गोल गर्दै जित निकालेको हो । बहराइनका अलि मदानले गरेको गोल नै स्पष्ट ३ अङ्क दिलाउन सफल भयो । यो समूहमा जोर्डन र दक्षिण कोरिया समान ४–४ अङ्कका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।

समूह चरणको अन्तिम खेलमा बहराइनले जोर्डनसँग र मलेसियाले कोरियासँग खेल्ने छ । आगामी बिहीबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुङ्गो लाग्ने छ । जारी प्रतियोगितामा मलेसियाले भने जित निकाल्न सकेको छैन ।

सम्बन्धित् समाचार