गृहपृष्ठ Featured बुटवलको सुजुकी मोटरपार्ट्स गोदाममा आगलागी, २ करोड बढीको क्षति

बुटवलको सुजुकी मोटरपार्ट्स गोदाममा आगलागी, २ करोड बढीको क्षति

रूपन्देही ।

बुटवलको कालिकानगरमा रहेको सुजुकीको मोटरपार्ट्स गोदाममा सोमबार भीषण आगलागी भएको छ ।

बुटवल–९ कालिकानगरमा अवस्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्सको गोदाममा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

गोदाममा दिउँसो लागेको आगो निभाउन बुटवल उपमहानगरपालिका, प्रहरी तालिम केन्द्र बुटवल, सैनामैना तथा सिद्धार्नगर नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट क्षतिको विवरण भने आइसकेको छैन ।

नेपाल प्रहरीसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको पण्डितले बताए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

पसलका सञ्चालक श्याम सापकोटाले २ करोड बढीको क्षति हुनसक्ने दाबी गरेका छन् ।

सम्बन्धित् समाचार