वैखरी अनलाईन, लुम्बिनी ।
लुम्बिनी गार्डेन फाउण्डेसन नेपालको साधारण सभा एवम् कार्य प्रगति समिक्षा तथा आगामी कार्ययोजनाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार रुपन्देहीको लुम्बिनी साँकृतिक नगरपालिकाको लुम्बिनीमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा विभिन्न सस्थागत एवम् नितिगत निर्णय समेत भएका छन् ।

कार्यक्रम लुम्बिनी गार्डेन फाउण्डेसन नेपालका अध्यक्ष एवम लुम्बिनी गार्डेन फाउण्डेसन स्पेनका महासचिव एकराज गिरीको अध्यक्षता, लुम्बिनी गार्डेन फाउण्डेसन नेपाल र स्पेनका प्रमुख सरक्षक एवम् नेपाल सरकारका अन्तराष्ट्रीय शान्ति दुत निरजगोविन्द श्रेष्ठको प्रमुख आतित्थयता, लुम्बिनी गार्डेन फाउण्डेसन स्पेनका उपाध्यक्ष गोविन्द सुबेदीको विशिष्ट आतित्थयता, लुम्बिनी साँस्कृति नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको बिशिष्ट आतित्थयता, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्याल, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, रामग्राम नगरपालिका उपप्रमुख सम्झना चौधरी, लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवाली लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा लुम्बिनी सास्कृतिक नगरपालिका वडा नम्बर २ का अध्यक्ष एवम् नगर प्रवक्ता ईनामुल्ला फकिर, वडा न. ५ का वडा अध्यक्ष खुर्शेद आलम मुसलमान, वडा न. १० का वडा अध्यक्ष विनोद कहार, बरिष्ठ पुरातत्वविद बसन्त कुमार बिडारी, सिद्धार्थ उधोग बाणिज्य सघ भैरहवका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उपाध्यक्ष गोविन्द ज्ञवाली, लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य राजेश ज्ञवाली , विभिन्न संघसस्थाका प्रमुख एवम् प्रतिनिधिहरु र लुम्बिनी गार्डेन फाउण्डेसनका साधारण सभा सदस्यहरु सस्थापक सदस्य र आजिवन सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन तुलसीराम लामिछाने गर्नुभएको थियो ।








