गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य सघंमा क्षेत्रीको प्यानलबाट पदाधिकारीमा २ जनाको उम्मेदवारी घोषणा

कपिलवस्तु उद्योग बाणिज्य सघंमा क्षेत्रीको प्यानलबाट पदाधिकारीमा २ जनाको उम्मेदवारी घोषणा

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य सघंको आसन्न निर्वाचनमा गणेश बहादुर क्षेत्रीको नेतृत्वमा रहेको ब्यवसायिक प्यानलबाट थप २ जनाको उम्मेदवारी घोषणा भएको छ ।

 

उद्योग उपाध्यक्षमा खुमानन्द घिमिरे र महासचिवमा नवदत्त घिमिरको उम्मेदवारी घोषणा भएको हो । आज बसेको यस क्षेत्रका लोकप्रिय ब्यवसायीहरुको नेतृत्वको बैठकले उद्योग उपाध्यक्षमा खुमानन्द घिमिरे र महासचिवमा नवदत्त घिमिरेलाई उठाउने निर्णय गरेको हो ।

खुमानन्द घिमिरे कपिलवस्तु उद्योग बाणिज्य सघंमा यसअघि एक कार्यकाल उपाध्यक्ष पदमा रही जिम्मेवारी निर्वाह गरी सकेका छन । त्यस्तै महासचिव पदका उम्मेदवार नवदत्त घिमिरे सघंको निबर्तमान सदस्य हुन । दुवैजना यस क्षेत्रका लोकप्रिय ब्यवसायीका रुपमा परिचित छन ।

सघंको बाकी पदमा भने सहमतिको लागी ढोका खुला राख्दै अन्य पदमा उठाउने निर्णय हुने कपिलवस्तु उद्योग बाणिज्य सघंका पुर्व अध्यक्ष यज्ञ भट्टराईले जानकारी दिए ।

यस्तै अध्यक्ष गणेश बहादुर क्षेत्रीको प्यानलबाट बरिष्ठ उपाध्यक्ष पदमा हुमनाथ पौडेल वस्तुगत उपाध्यक्षमा शालिकराम भुुसाल र एसोसिएट उपाध्यक्षमा रामजि सेनलाई उठाउने निर्णय भइ सकेको पुर्व अध्यक्ष यज्ञ भट्टराईले जानकारी दिए ।
सघंको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशन यही माघ २३ गते हुदैछ ।

सम्बन्धित् समाचार