वैखरी अनलाईन, बाणगंगा ।
नेविसंघ जिल्ला कार्यसमिति कपिलवस्तुलाई विस्तार गरिएको छ । नेविसंघका जिल्ला सभापति चन्द्रकान्त पोख्रेलले विहिबार एक विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन् ।
‘नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ वमोजिम रहेको प्रावधान अनुसार कपिलवस्तुको जिल्ला कार्यसमिति आजकै मिति देखि लागु हुनेगरि नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति कपिलवस्तु तपसिल अनुसार विस्तार गरिएको छ । साथीहरुले नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशील बनाउनुहुने छ भन्ने पूर्ण विश्वास लिएको छु । साथै तपाईंहरुको मनोनयनले नेपाल विद्यार्थी संघ कपिलवस्तु लाई थप उचाई प्राप्त हुने विश्वास लिदै सम्पुर्ण पदाधिकारी, सदस्य ज्यूहरुमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ उक्त विज्ञप्तिमा भनिएको छ ।










