गृहपृष्ठ Featured नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

काठमाण्डाै ।

नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् ।

काठमाण्डौबाट बाजुराका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलका लागि छुटेको लु २ ख १६९६ नम्बरको टिपर गएराति सुनवल–४ को अल्कत्रेडाँडामा ठोक्किएका थिए। बसमा ३५ जना रहेकोमा चालकसहित १७ जना घाइते भएका हुन् ।

घाइते ११ जनाको देवदह मेडिकल कलेज भलुही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ ।

अरु ६ जना उपचारपछि डिस्चार्ज भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

सम्बन्धित् समाचार