गृहपृष्ठ Featured लुम्बिनी प्रदेशसभाको ६ वर्षमा ७६ विधेयक पारित, कार्यान्वयन चुनौतीपूर्ण

लुम्बिनी प्रदेशसभाको ६ वर्षमा ७६ विधेयक पारित, कार्यान्वयन चुनौतीपूर्ण

बुटवल ।

लुम्बिनी प्रदेशसभाको पहिलो बैठक बसेको आज ६ वर्ष पुगेको छ ।

२०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही अवसरमा दाङमा आज प्रदेश सरकार र प्रदेश सभाले संयुक्त रूपमा प्रदेश स्थापना दिवस मनाउँदै छन्। लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा पनि दिएको छ ।

यो ६ वर्षको अवधिमा लुम्बिनी प्रदेश सभाले ७६ वटा कानुन निर्माण गरेको छ । पहिलो कार्यकालमा पाँच वर्षको अवधिमा ७२ वटा कानुन निर्माण गरेको प्रदेश सभाले अहिले दोस्रो कार्यालयको पहिलो वर्ष ४ वटा विधेयक पास गर्‍यो ।

पाँच वर्षको अवधिमा प्रदेशसभाबाट मूल विधेयक ५० वटा, संशोधन विधेयक १२ वटा यस्तै विधेयक १० वाट शाल वाली प्रदेशसभाबाट पारित गरेको छ ।

सम्बन्धित् समाचार